दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चुँडिँदा एक युवक बेपत्ता भएका छन्।

मंगलबार दिउँसो करिब १२ बजे भारततर्फ जान तुइन प्रयोग गर्ने क्रममा २८ वर्षीय नारायण बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

advertisement

स्थानीय नारायण बुढाथोकीसँगै २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि सोही तुइन प्रयोग गरेर नदी पार गर्न गएका थिए।

प्रहरीका अनुसार पहिलो चरणमा जितु विष्टले सकुशल तुइन पार गरी भारततर्फ प्रवेश गरेका थिए। त्यसपछि नारायण बुढाथोकी तुइनमार्फत नदी पार गर्ने क्रममा बीच भागमा पुग्दा अचानक तुइन चुँडिएको थियो। तुइन चुँडिएसँगै नारायण महाकालीमा खस्न पुगेका हुन्।

उक्त घटनापछि तेस्रो व्यक्ति जयदु बुढाथोकी भने तुइन चढ्न नपाउँदै रोकिएका थिए।

हाल बेपत्ता भएका नारायणको खोजी कार्यमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू संलग्न रहेको प्रहरी निरीक्षक रावतले जानकारी दिएका छन्।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com