कालीकोट । खाँडाचक्र नगरपालिका–७ स्थित कालिका मावि, पिलिमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियानअन्तर्गत ३ हजार ७ सय ५० बिरुवा वृक्षारोपण गरिएको छ।

‘हरित विद्यालय कार्यक्रम’ अन्तर्गत विद्यालयको आर्थिक सशक्तिकरण र वातावरणीय संरक्षणलाई लक्ष्य गरी थालिएको अभियानमार्फत विभिन्न प्रजातिका बिरुवा विद्यालयको क्षेत्रभित्र रोपिएको हो।

advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमित मल्लका अनुसार बुद्धचित्तका २ सय ३१, कफीका १८ सय, मेकेडेमिया ५ सय, सितल चिनी ५ सय र एभोकाडोका ७ सय बिरुवा रोपिएको छ।

उनका अनुसार, विद्यार्थीलाई वातावरणीय सचेतना अभिवृद्धि गर्न विद्यालयले हरेक हप्ता ‘नो बुक डे’ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

ईको हिमाल नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको अभियानले विद्यार्थीको सरसफाइ, वृक्ष संरक्षण र व्यावहारिक ज्ञानमा समेत टेवा पुर्‍याउने विद्यालयले जनाएको छ।

ईको हिमाल नेपालले विद्यालयलाई ४ सय थान नुहाउने साबुन र ४ सय थान लुगा धुने साबुन समेत प्रदान गरेको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com