तस्बिर- ANFA
काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको यू-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल भारी वर्षाका कारण एक घन्टा पछि सरेको छ।
खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। यसअघि खेल ६:४५ बजे सुरु हुने तालिका थियो।
नेपाल प्रतियोगिताको अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेपनि दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग हार बेहोरेको थियो।
विपरित अवस्थामा रहेको श्रीलङ्का भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। उसले पहिलो खेलमा बङ्गलादेशसँग ९–१ ले र दोस्रो खेलमा भुटानसँग ५–० ले पराजय भोगेको छ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार













प्रतिक्रिया