काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले ठूला पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालनमा अब ढिला गर्न नहुने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विश्व अर्थतन्त्र संकटमा रहेकाले परम्परागत स्रोतमा मात्रै निर्भर रहन नसकिने बताए।

advertisement

पूर्वमन्त्री पुनले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै गएको, विदेशी सहायता तथा लगानी सीमित बन्दै गएको वर्तमान अवस्थामा पूर्वाधार निर्माणमा वैकल्पिक स्रोतको खोजी अपरिहार्य भएको तर्क गरे।

“राजस्वबाट प्रशासनिक खर्च धान्नसमेत हम्मेहम्मे परिरहेको बेला पूर्वाधारमा लगानी गर्ने स्रोत सीमित छन्,” पुनले भने, “निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र प्रवासी नेपालीहरूसँग सहकार्य गर्दै वैकल्पिक पुँजी परिचालन गर्न सक्नुपर्छ।”

उनले अर्थमन्त्री पौडेलले प्रस्ताव गरेको वैकल्पिक वित्त परिचालन संस्थागत संरचना कमजोर रहेको टिप्पणी गरे। “अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचनाले खरबौं लगानी व्यवस्थापन गर्न सक्दैन,” उनले भने, “विदेशी बैंक, ग्रिन फण्डहरू जस्ता वित्तीय साझेदारलाई आकर्षित गर्न यस्तो संरचना पर्याप्त हुँदैन।”

पुनले आफू अर्थमन्त्री हुँदा ‘सोभरेन वेल्थ फण्ड’ जस्ता वैकल्पिक वित्त अवधारणाको प्रस्ताव गरेकाे उल्लेख गर्दै पछिल्लो विधेयकमा सो विषय समावेश नभएकोप्रति असन्तुष्टि जनाए। उनले संशोधनमार्फत उक्त अवधारणा समेट्न अर्थमन्त्री र सरकारको ध्यानाकर्षण गराए।

उनले ३५ खर्बभन्दा बढी वैदेशिक मुद्रा रिजर्भमा राखिरहँदा त्यो लगानी हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउँदै अधिकतम ६ महिनाको आयात ढाक्ने मात्र रकम सञ्चित राखेर बाँकी रकम पूर्वाधार निर्माणमा लगाउनुपर्ने सुझाव दिए।

पुनले राजमार्ग, सुरुङ मार्ग, पुल लगायत ठूला पूर्वाधारमा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी क्षेत्रको साझेदारीमा लगानीको अवधारणामा जानुपर्नेमा पनि जोड दिए।

उनले विधेयकमाथि गम्भीर छलफल र सुधार आवश्यक रहेको बताउँदै आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com