काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ र बिक्रीदर १३७ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९१ पैसा र बिक्रीदर १६० रुपियाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ १९ पैसा र बिक्रीदर १८५ रुपियाँ , स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९३ पैसा र बिक्रीदर १७२ रुपियाँ ६८ पैसा कायम गरिएको छ ।

advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ९०  पैसा र बिक्रीदर ९० रुपियाँ २९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ०८ पैसा र बिक्रीदर १०० रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९० पैसा र बिक्रीदर १०७ रुपियाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १० पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३० पैसा र बिक्रीदर ३२ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९३ पैसा र बिक्रीदर ९ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २० पैसा र बिक्रीदर १४ रुपियाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४३ पैसा र बिक्रीदर २१ रुपियाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४५ पैसा र बिक्रीदर १७ रुपियाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ४० पैसा र बिक्रीदर ४५० रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ४० पैसा र बिक्रीदर ३६४ रुपियाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ८३ पैसा र बिक्रीदर ३५७ रुपियाँ ३९ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com