काठमाडौं । क्रोएसियाली कप्तान लुका मोड्रिचले सोमबार एसी मिलानसँग एक वर्षको अनुबन्ध गरेको इटालीको सिरी ‘ए’ क्लबले जनाएको छ । गत साता मात्रै मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सन् २०१८ को बालोन डी’अर विजेता ३९ वर्षीय खेलाडी रियल म्याड्रिडबाट सान सिएरो आउने बताएका थिए ।

उनी सेप्टेम्बरमा ४० वर्षमा पुग्नेछन् । सन् २०१२ मा उनी टोटनहमबाट रियल गएका थिए । रियलसँगको अनुबन्ध यो सिजन समाप्त भएसँगै स्पेन छाड्ने घोषणा गरेपछि उनी इटाली जाने सम्भावना रहेको बताइएको थियो । उनी मिलान पुगिसकेका छन् ।

advertisement

कुल १९ पल्टको सिरी ‘ए’ विजेता क्लबले भनेको छ, ‘सन् २०२६ को जुन ३० सम्म मोड्रिचले क्लबसँग अनुबन्ध गरेका छन् र यो घोषणा गर्न पाउँदा हामी खुसी छौं । यो सम्झौताअनुसार अनुबन्ध एक वर्ष बढाउन सकिनेछ ।’ मोड्रिच आफैंले पनि मिलानसँग आबद्ध हुन पाएको खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘मैल मिलानमा आफ्नो खेलजीवनको नयाँ अध्याय सुरु गर्दै छु र म यसका लागि खुसी छु ।’ एलेग्रीको नेतृत्वमा मिलानले सन् २०११ मा लिग उपाधि जितेको थियो । उनी सन् २०१० देखि २०१४ सम्म मिलानमा थिए ।

 

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com