काठमाडौं । नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालन गरिएको हस्ताक्षर अभियानले लोकतान्त्रिक मूल्य र मान्यतामै प्रश्न उठाएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले लोकतन्त्रमाथिको चुनौती सधैँ बाह्य शक्तिबाट मात्र नभई कहिलेकाहीँ लोकतन्त्रको पक्षमा उभिएको दाबी गर्नेहरूकै व्यवहारबाट पनि आउन सक्ने बताएका छन्।

advertisement

‘लोकतन्त्रको मर्ममाथि प्रहार सधैँ विरोधी शक्तिबाट मात्र आउँछ भन्ने हुँदैन,’ उनले लेखेका छन्, ‘कहिलेकाहीँ लोकतन्त्रको पक्षधर हुँ भन्नेहरूले नै संवैधानिक निकायहरूको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित आक्रमण गर्छन्, जुन आफैंमा खतरनाक हुन्छ।’

उनले सर्वोच्च अदालतजस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयप्रति असहमति जनाउँदै राजनीतिक उद्देश्यले सञ्चालित हस्ताक्षर अभियानलाई लोकतान्त्रिक मर्यादाविरुद्धको कार्य भनेका छन्।

भट्टराईका अनुसार लोकतान्त्रिक प्रणालीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समान रूपमा महत्त्वपूर्ण अंग हुन्, र यिनबीचको शक्ति सन्तुलन नै लोकतन्त्रको सार हो।

‘प्रत्येक अंगले आफ्नो क्षेत्रको मर्यादा कायम राख्नुपर्छ,’ उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको निर्णय अन्तिम मानिन्छ र सबैले त्यसलाई स्वीकार गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय सोही निर्णयविरुद्ध सुरु गरिएको हस्ताक्षर अभियानले लोकतन्त्रका आधारभूत मूल्यहरूमा नै प्रश्न उठाएको छ।’

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com