काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेको हो ।
जसअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँ घटेर २ हजार २६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया