काठमाडौं । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारका अनुसार कर्णाली क्षेत्रको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको देउडा पर्व र साउने संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिइएको हो। कर्णाली प्रदेशमा हरेक बर्ष साउने संक्रान्ति बनाउने गरेको पाईन्छ ।

advertisement

कर्णाली प्रदेशमा देउडा कर्णाली क्षेत्रको मौलिक सांस्कृतिक पर्व मानिन्छ, जसमा स्थानीय समुदायबीच आपसी मेलमिलाप, संस्कृति संरक्षण र सामूहिक उत्सवको भावना झल्किन्छ। साउने संक्रान्ति पनि धार्मिक दृष्टिले विशेष महत्व राख्ने दिन हो।

प्रदेश सरकारले एक सूचना जारी गर्दै सबै सरकारी कार्यालय, सार्वजनिक संस्था, शिक्षालयहरूमा बिहीबार सार्वजनिक बिदा लागू हुने जानकारी दिएको छ।

प्रदेश सरकारले बिदा दिने निर्णय गर्दै सबैलाई पर्वको शुभकामना समेत दिएको छ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com