काठमाडौं । सरकारले एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट छपाइका लागि स्वीकृति प्रदान गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।
निर्णयअनुसार नेपाल राष्ट्र बैंकबाट प्रकाशित हुने उक्त नयाँ नोटमा नवनियुक्त गभर्नर डा. विश्व पौडेलको हस्ताक्षर रहनेछ। नयाँ नोटको डिजाइन (चित्र) र आकारसमेत स्वीकृत गरिएको मन्त्रिपरिषद् निर्णयमा उल्लेख गरिएको छ।
नोट छपाइको प्रक्रिया छिट्टै अघि बढ्ने जनाइएको छ। अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार नयाँ नोट पुरानो नोटकै मूल्यवर्गमा भए पनि सुरक्षात्मक विशेषता, चित्र तथा आकारमा केही नयाँपन रहनेछ।
नयाँ नोट बजारमा कहिलेसम्म आउने भन्नेबारे राष्ट्र बैंकले विस्तृत जानकारी दिने तयारी गरेको छ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया