काठमाडाैं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८औँ बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट पारित गरेको छ।
बुधबार बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले प्रस्तुत गरेको बजेट प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयको आर्थिक अनुशासनलाई उदाहरणीय बनाउन निर्देशन दिँदै बेरुजु शून्यमा झार्न सबै प्रतिष्ठानहरू गम्भीर बन्नुपर्नेमा जोड दिए। हाल विश्वविद्यालयको बेरुजु दर ०.५ प्रतिशत मात्र रहेको उल्लेख गर्दै ओलीले आगामी आर्थिक वर्षको सुरुवातअघि नै सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरूले बजेट र कार्यक्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरिनुपर्ने बताए।
बैठकमा आगामी वर्षका शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणका योजनाहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिइएको थियो।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया