काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको जसपाको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकले वर्तमान सरकारसँगको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गर्दै सोबारे जानकारी सम्बन्धित निकायमा गराउने तयारी भइरहेको छ।

advertisement

सरकारप्रति असन्तुष्टि जनाउँदै आएको जसपाले हालैको राजनीतिक परिस्थितिको समीक्षा गर्दै समर्थन फिर्ता लिएको हो ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com