काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभामा वडा सदस्य चन्द्रमान तुलाधारले महानगर प्रहरीको ज्यादतीप्रति कडा आपत्ति जनाएका छन् ।
महानगरको वडा नं. २२ अन्तर्गतको क्षेत्रमा पार्किङ गरेलगत्तै सवारीसाधनमा ‘ह्विल लक’ लगाएर आतङ्क सिर्जना गरिएको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन् ।
नगर सभामा बोल्दै तुलाधारले न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाउँदा करिब सयवटा पसल बन्द भइसकेको जानकारी दिए । उनले भने, “न्यूरोडको व्यापार नै बन्द गर्न खोज्नु भएको हो ?”
नगर सभाका अध्यक्षसमेत रहेका मेयर बालेन्द्र शाह (बालेन)लाई प्रश्न गर्दै उनले कालोपत्रे सडकमा सवारी रोक्न नपाइने विषयमा पहिले पनि विरोध भइसकेको र अहिले पनि जनप्रतिनिधिहरू असहमत रहेको बताए ।
त्यसैगरी, उनले टुँडिखेल क्षेत्रमा सेनाको हस्तक्षेप हटाउन माग गर्दै खुल्लामञ्चमा सार्वजनिक पार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार













प्रतिक्रिया