काठमाडौं । संघीय निजामती सेवा विधेयकअन्तर्गतको ‘कुलिङ पिरियड’ सम्बन्धी त्रुटिको विषयमा गठित छानबिन समितिले संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा बिहीबार बसेको समितिको बैठकमा सभापति खतिवडासँग सोधपुछ गरिएको छ। समितिका एक सदस्यका अनुसार बैठकमै खतिवडा सहभागी भई छानबिन टोलीलाई जवाफ दिइरहेका छन्।

advertisement

सभापति खतिवडाको नेतृत्वमा रहेको राज्य व्यवस्था समितिले निजामती सेवा विधेयकमा अवकास प्राप्त कर्मचारीलाई संवैधानिक नियुक्तिमा जानुअघि दुई वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य गरिने व्यवस्था गरेको थियो। तर, सो समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पारित हुँदा पुरानो विधेयकको व्यवस्थालाई यथावत् राखिएको पाइएपछि विवाद उत्पन्न भएको थियो।

यस विषयमा संसदमा गम्भीर बहस चलेपछि नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समिति अहिले त्रुटिको जिम्मेवारी र प्रक्रियागत लापरवाहीको तह पत्ता लगाउने क्रममा छ।

सभापति खतिवडाले यसअघि सार्वजनिक रूपमा यदि गल्ती आफ्नोतर्फबाट भएको पुष्टि भए त्यसको जिम्मेवारी लिन तयार रहेको घोषणा गरिसकेका छन्। तर, विभिन्न सांसदहरूले भने खतिवडालाई नै विधेयक त्रुटिको प्रमुख जिम्मेवार व्यक्ति ठहर गर्दै आएका छन्।

छानबिन समिति निकट स्रोतका अनुसार अन्य सम्बन्धित सांसद, कर्मचारी तथा विधेयक मस्यौदासँग जोडिएका निकायसँग पनि बयान लिने प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com