एजेन्सी । अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार आएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पपछि जारी गरिएको सुनामी चेतावनीलाई केहीबेरमा नै एडभाइजरीमा झारिएको छ।

अमेरिकी नेसनल वेदर सर्भिस एनडब्लूएस का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १२ः ३७ बजे अलास्काको पोपोफ टापुको स्यान्ड पोइन्ट नामक सानो बस्तीको दक्षिणमा गएको थियो। स्यान्ड पोइन्टमा करिब ६०० जनाको जनसङ्ख्या रहेको छ।

advertisement

अलास्का भूकम्प केन्द्रका अनुसार यो कम्पन अनक्रेज शहरसम्म महसुस गरिएको थियो, जुन घटनास्थलदेखि करिब ९६६ किमि टाढा पर्छ। सुरुमा नेसनल सुनामी वार्निङ सेन्टरले होमरदेखि युनिक पाससम्मको लगभग १,१२६ किमि दूरीको क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेको थियो। उक्त क्षेत्रमा पर्ने कोडियाक जस्ता केही ठुला समुदायहरू पनि समावेश थिए, जहाँ करिब ५,२०० जनसङ्ख्या छ।

तर, भूकम्प गएको एक घण्टाभित्रै अलास्काको आपत्कालीन व्यवस्थापन विभागले कुनै क्षतिको रिपोर्ट प्राप्त नभएको जनाएको छ। त्यसपछि चेतावनीलाई एडभाइजरीमा झारिएको हो। अन्ततः दिउँसो २स्४५ बजेभित्रै चेतावनी पूर्ण रूपमा रद्द गरिएको थियो।

भूकम्पपछि सुनामीको खतरा न्यून भए पनि स्थानीय अधिकारीहरूले सतर्कता अपनाउन भने आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com