काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा अल्पमतमा परेको छ ।

राष्ट्रिय सभामा सो पार्टीका तीन सांसद छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा कांग्रेसका १६, एमालेका १०, लोसपाका १ र मनोनित १ सांसद मात्रै छन् । अब राष्ट्रिय सभाको विपक्षमा बहुमत हुने भएको छ ।

advertisement

माओवादीका १७, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, मनोनित १ र जनमोर्चाका १ गरी ३० सांसद विपक्षमा हुने भएका छन् । ओली नेतृत्वको सरकारले एक बर्ष व्यतित गरेको अवस्थामा एक सत्तारुढ घटक जसपाले समर्थन फिर्ता लिएको हो ।

सत्तारुढ नेपाली कंग्रेस र एमालेको नेतृत्वसँग सरकारमा सहभागी हुने गरी छलफल गरेको केही दिनपश्चात् जसपा नेपालले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिए । आफूहरुले उठाएका मुद्दामा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नआएपछि समर्थन फिर्ता लिने निष्कर्षमा पुगेकोे अधिकारीको भनाइ छ । संघीय संसदको दुवै सदनमा गरी ८ सांसद भएको जसपा नेपालले समर्थन फिर्ता लिएको हो ।

प्रतिनिधिसभामा ५ सांसद भएको जसपा नेपालले समर्थन फिर्ता लिएपनि सरकारलाई संसदीय अंकगणितको हिसावमा कुनै फरक नपर्ने देखिन्छ ।

 

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com