काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एक आपसमा ठोक्किँएका हुन् ।

advertisement

दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

घाइतेहरुको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ । बस र बसका चालक पाल्पा रम्बा गाउँपालिका–१ का ३७ बर्षीय संजय प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com