एजेन्सी। दिल्लीबाट गोवाका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानलाई बुधवार मुम्बईमा आकस्मिक अवतरण गराउनुपरेको छ।

उडान भरेको केही समयपछि नै विमानको इन्जिनमा प्राविधिक समस्या आएको थियो। पाइलटले सतर्कता अपनाउँदै करिब १७ मिनेटसम्म विमानलाई हावामा घुमाएपछि मुम्बई एयरपोर्टमा सुरक्षित अवतरण गराए।

advertisement

गत जुन १२ मा अहमदाबादमा भएको विमान दुर्घटनापछि भारतमा विमानहरूमा प्राविधिक समस्याका धेरै घटनाहरू बाहिर आएका छन्। एक आरटीआई रिपोर्टअनुसार, पछिल्लो ५ वर्षमा भारतमा विमानको इन्जिन फेल भएका ६५ घटनाहरू दर्ता भएका छन्।

यसैगरी, बुधवार बिहान दुबईबाट लखनउ आएको एयर इन्डिया एक्सप्रेसको विमानमा पनि प्राविधिक समस्या देखिएको थियो। सबै १६६ यात्रुलाई होटलमा राखिएको छ।

बोर्डिङपछि पाइलटले इन्जिन सुरु गर्दा समस्या आएको थियो। इन्जिनियरहरूको प्रयासका बाबजुद पनि समस्या समाधान नभएपछि उडान रद्द गरियो।

मङ्गलबार दिल्लीबाट पटना गइरहेको इन्डिगोको विमानलाई पटना एयरपोर्टमा अवतरणका बेला ‘गो अराउन्ड’ गर्नुपर्‍यो। अस्थिर एप्रोचका कारण पाइलटले पहिलो प्रयासमा विमानलाई फेरि हावामा लैजानुपर्‍यो। दोस्रो प्रयासमा भने विमान सुरक्षित अवतरण भयो।

यसअघि, जुलाई ९ मा दिल्ली जाने इन्डिगोको विमान चरा ठोक्किएपछि उडान भरेको केही समयपछि नै पटना फर्केको थियो।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com