काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगहरू राष्ट्रको आधार भएको उल्लेख गर्दै तीव्र रूपमा उद्योग विस्तारको खाँचो रहेको बताएका छन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्रको योगदान घट्दै गएको उल्लेख गर्दै यसलाई बढाउन उद्योग विस्तार अपरिहार्य रहेको धारणा व्यक्त गरे।

advertisement

“रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ,” उनले भने, “त्यसैले राज्यले उद्योग स्थापनामा प्राथमिकता दिनुपर्छ।”

उनले आर्थिक समृद्धिका लागि उद्योगहरूको भूमिका अझ सशक्त बनाउँदै लैजानुपर्ने आवश्यकतामा जोड दिए।

अध्यक्ष पाण्डेले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघ र नेपाल सरकार (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय) सँगको सहकार्यमा ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन भइरहेको जानकारी दिँदै यस अभियानले आयात प्रतिस्थापनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

सरकारले सार्वजनिक निकायहरूमा स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशनसम्बन्धी निर्देशिका ल्याएको उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनले स्वदेशी उद्योग प्रवर्द्धन र विकासमा सघाउने बताए।

कार्यक्रममा उनले उद्योगमैत्री वातावरण निर्माणका लागि सरकारले थप नीतिगत सुधार गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com