तस्बिर: ANFA

काठमाडौं ।  बंगलादेशमा जारी यू-२० महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलङ्काबीच बिहीबार प्रतिस्पर्धा हुँदैछ। खेल ढाकास्थित बुन्गशुधा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुने बताइएको छ।

advertisement

च्याम्पियनसिपमा चार राष्ट्र सहभागी छन्। डबल राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगितामा दुई चरणको खेलपछि सर्वाधिक अंक लिने टोलीले उपाधि जित्नेछ।

हालसम्मको प्रदर्शनअनुसार नेपाल तीन खेलमा ६ अंकसहित दाेस्रो स्थानमा रहेको छ। आयोजक बंगलादेश ९ अंकसहित शीर्ष स्थानमा रहँदा, भुटान ३ अंकसहित तेस्रो र श्रीलङ्का अंकविहीन अवस्थामा चौथो स्थानमा रहेको छ।

नेपाल र श्रीलङ्काबीचको खेल यस प्रतियोगितामा दोस्रो पटक हुँदैछ। पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालले बुधबार भुटानसँगको खेलमा ६-१ को अन्तरले जित हासिल गरेको थियो। श्रीलङ्काले मंगलबार बंगलादेशसँग २-३ को अन्तरले हार व्यहोरेको थियो।

आजको खेलमा नेपालले पुनः विजय हात पार्दै उपाधि होडलाई जीवन्त राख्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com