काठमाडौं । काठमाडौं गौशालाको रजखोरमा पेट्रोल छर्की आगो लगाएर छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गौशाला–४ रजखोरका ५० वर्षीय बलिराम साहलाई असार २६ गते पेट्रोल छर्की आगो लगाएको आरोपमा स्थानीय ३० वर्षीय सुरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहलाई भारतको मधुवनीबाट बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बलिराम साहको बुधबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

advertisement

गम्भीर घाइते बलिरामलाई तत्काल नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । प्राथमिक उपचार छि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com