काठमाडौं । नवलपुरमा मोटरसाइकलको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

हुप्सेकोट गाउँपालिका ३ भुपती चोकस्थित भित्री सडक खण्डमा गिरुवारीबाट वसन्तपुर तर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

टाउकोमा चोट लागेर गम्भीर घाइते सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

दुर्घटनामा सोही ठाउँकी ३५ वर्षीया इन्दिरा कोइराला र मोटरसाइकल चालक हुप्सेकोट २ का निशान सिंह ठकुरी घाइते भएको नेपालले जानकारी दिए। कोइरालाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रेफर गरिएको र गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चालक ठकुरीलाई भने स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। ठकुरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र आवश्यक कागजात पनि नभएको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com