काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक विधि निर्माणमा रहेको अन्योल अन्त्य भइसकेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अब पार्टी ‘मिसन ८४’ अर्थात् २०८४ को आमनिर्वाचनतर्फ सुदृढ नेतृत्व र संगठनात्मक एकताका साथ अघि बढ्ने सुनिश्चित भएको उल्लेख गरेका छन्।

advertisement

महासचिव पोखरेलले लेखेका छन्, “विधि निर्माणको अन्योल अब समाप्त भएको छ। ‘मिसन ८४’ का लागि आवश्यक सशक्त नेतृत्व र एकताबद्ध पार्टी संरचना सुनिश्चित भएको छ।”

उनको यो भनाइ नेकपा (एमाले) को हालै सम्पन्न सचिवालय बैठकसँग प्रत्यक्ष जोडिएको देखिन्छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति बसेको बैठकले पार्टी नेतृत्वमा उमेर हद (७० वर्ष) र दुई कार्यकालको सिमा हटाउने प्रस्ताव पारित गरेको थियो। यस निर्णयलाई आगामी निर्वाचनलाई लक्षित रणनीतिक तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ।

महासचिव पोखरेलको अभिव्यक्तिलाई सोही प्रस्ताव पारित भएपछिको सन्दर्भमा आएको प्रतिक्रिया भनेर हेरिएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com