काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा बलियो नेतृत्व र एकता सुनिश्चित भएको बताएका छन्। बिहीबार राति सम्पन्न सचिवालय बैठकपछि शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो दाबी गरेका हुन्।

फेसबुक पोस्टमार्फत पोख्रेलले एमालेभित्रको विधि निर्माण प्रक्रियामा देखिएको अन्योल अन्त्य भएको संकेत गरेका छन्। “विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ,” उनले उल्लेख गरेका छन्।

advertisement

पार्टीको सचिवालय बैठकले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमासम्बन्धी प्रावधान हटाउने प्रस्ताव अनुमोदन गरेको थियो। सोही पृष्ठभूमिमा पोख्रेलको भनाइ आएको हो।

एमालेले आगामी २०८४ को निर्वाचनलाई लक्ष्य बनाएर ‘मिसन ८४’ घोषणा गर्दै नेतृत्व संरचना सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएको छ। महासचिव पोख्रेलले पछिल्लो निर्णयबाट पार्टीभित्र नेतृत्व सुदृढ भएको दाबी गरेका हुन्।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com