काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–५ हिरापुर ब्यारेजस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत सई (सहायक निरीक्षक) बैधनाथ दासलाई तस्करसँगको घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि निलम्बनमा सिफारिस गरिएको छ।

सई दासले तस्कर राजिव यादवको तस्करी गतिविधिमा साथ दिँदै प्रहरी जवान सन्तोष यादवमार्फत १८ हजार रुपैयाँ माग गरेको अडियो बाहिरिएको थियो। अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई निलम्बनका लागि शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरमार्फत प्रहरी प्रधान कार्यालय, काठमाडौंमा सिफारिस पठाईएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले सई दासविरुद्ध कारबाही प्रक्रिया सुरु भइसकेको पुष्टि गरे। “तस्करसँगको अडियो बाहिरिएपछि प्रमाण नष्ट हुन नदिन तुरुन्तै निलम्बन सिफारिस गरिएको हो,” डिएसपी राईले जानकारी दिए।

उनका अनुसार सई दासको स्थानमा नयाँ अधिकृत खटाउने तयारी भइरहेको छ। प्रहरी संगठनले भ्रष्टाचार तथा गैरकानुनी कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने नीतिअन्तर्गत सई दासविरुद्ध अनुशासनात्मक प्रक्रिया अघि बढाएको छ।

 

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com