काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गुटबन्दी गर्दै आएको भन्दै तीनजना नेतालाई पदमुक्त गरेका छन्।

लिङ्देनले ९ दिनको अन्तरालमा अनुशासन समिति अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती र पछिल्लो पटक उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई जिम्मेवारीबाट हटाएका हुन्।

advertisement

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट अध्यक्षले पदमुक्त गरेका हुन्। अध्यक्ष लिङ्देनले तीनैजनालाई स्पष्टिकरणको मौका नदिई कारबाही गरेका कारण राप्रपाभित्र असन्तोष बढेको छ।

पार्टीभित्रको गुटबन्दी, नेतृत्वको आलोचना, राजसंस्थावादी आन्दोलनमा असहमति लगायतका कारणले हाल राप्रपा विवादमा तानिएको छ। अध्यक्ष लिङ्देन निकट नेताहरूका अनुसार थप नेताहरूको जिम्मेवारी खोसिने सम्भावना छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com