काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक अवस्था सुदृढ बन्दै गएको रिपोर्ट पोलिटब्युरो बैठकमा प्रस्तुत गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आजबाट सुरु भएको पोलिटब्युरो बैठकमा महासचिव पोखरेलले सदस्यता नवीकरणमा उल्लेखनीय वृद्धि भएको र संगठनको आधार बलियो बन्दै गएको जानकारी दिएका हुन्।

advertisement

उनका अनुसार एमालेको सदस्यता नवीकरण अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदनहरू क्रमशः प्रस्तुत गरिरहेको जानकारी दिए।

बैठकमा संगठन सुदृढीकरण, आगामी रणनीति तथा वर्तमान राजनीतिक अवस्थाबारे पनि छलफल हुँदैछ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com