काठमाडौं । अब भारतबाहेक तेस्रो मुलुक भ्रमणमा जाँदा नेपालीले राहदानीबापत प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । यसअघि प्रतिव्यक्ति २ हजार ५ सय अमेरिकी डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था परिमार्जन गरेर ३ हजार डलर बनाएको थियो । सो व्यवस्था बिहीबारदेखि कार्यान्वयनमा आएको छ ।

advertisement

‘औपचारिक भ्रमणबापतको सटही सुविधा परिवर्त्य विदेशी मुद्राको खातामा जम्मा गरी ९नयाँ खाता खोलीसमेत० उपलब्ध गराउन सकिनेछ,’ परिपत्रमा भनिएको छ । आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको मौद्रिक नीतिको व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ ।

मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गरिएको, व्यक्तिगत सेयर कर्जाको सीमा २५ करोड बनाइएको, पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायमलगायत व्यवस्था कार्यान्वयनमा आएका हुन् ।

नेपाल राष्ट्र बैंकले बुधबार परिपत्र जारी गरेर मौद्रिक नीतिमार्फत गरिएका धेरैजसो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । नीतिगत परिमार्जनसम्बन्धी केही व्यवस्था भने कार्यान्वयनमा आएका छैनन् । आवास कर्जाको सीमा र कर्जा अनुपात दुवै बढ्ने भएकाले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने जानकार बताउँछन् ।

 

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com