एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिष्ठित समाचार संस्था वाल स्ट्रिट जर्नल, यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोविरुद्ध १० अर्ब डलर क्षतिपूर्तिसहित मानहानी मुद्दा दायर गरेका छन्।

मुद्दाको केन्द्रमा पत्रकारहरूले लेखेको एउटा रिपोर्ट रहेको छ, जसमा राष्ट्रपति ट्रम्पले सन् २००३ मा विवादास्पद व्यक्ति जेफ्री एप्स्टिनलाई ५० औँ जन्मदिनको शुभकामना पत्र लेखेको र त्यसमा उनले हस्ताक्षर पनि गरेको भनिएको थियो। ट्रम्पले उक्त दाबीलाई पूर्णतः अस्वीकार गरेका छन्।

advertisement

ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले अदालतमा दायर गरेको मुद्दामा वाल स्ट्रिट जर्नललाई उक्त रिपोर्ट असत्य र बनावटी भएको थाहा हुँदाहुँदै तथ्यमाथि ध्यान नदिई द्वेषपूर्ण ढंगले लेख प्रकाशित गरिएको दाबी गरिएको छ ।

मुद्दामा उल्लेख गरिएको छ, ‘पत्रकारहरूलाई लेखमा प्रयुक्त सामग्री झूटा र भ्रामक भएको थाहा हुँदाहुँदै पनि लेख सार्वजनिक गरियो, जुन लाखौं पाठकमा पुग्यो।’
ट्रम्प पक्षका अनुसार, समाचार प्रकाशित गर्नु अघि नै वाल स्ट्रिट जर्नललाई लेख गलत भएको र प्रकाशित गर्नु हुँदैन भन्ने चेतावनी दिइएको थियो।

मुद्दामा ट्रम्पको प्रतिष्ठा, छवि र आगामी राजनीतिक सम्भावनामा समेत आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ। मुद्दाको सुनुवाइको माग गर्दै ट्रम्पका वकिलहरूले अदालतसँग औपचारिक अनुरोध गरेका छन्।

 

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com