काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल तोकिएको समयमै हुने जनाएको छ ।

एन्फाले विज्ञप्ति जारी गर्दै भदौ २१ र २४ गते फिफा ईन्टरनेशनल विन्डोअन्तर्गत बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाएको हो ।

advertisement

अन्तर्राष्ट्रिय विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि आवश्यक प्रक्रियाहरू पूरा गरी जुलाई ७, २०२५ मा एएफसी र फिफावाट स्वीकृति प्राप्त भइसकेको एन्फाले जनाएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामसँगको दुई खेललाई मध्यनजर गर्दै नेपालले बंगलादेशसँग सो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

 

 

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com