काठमाडौं । इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भए पनि उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री मोहम्मत आफताब आलमविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन परेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले हिजो सर्वोच्चमा पुनरावेदनका लागि निवेदन पेश गरेको हो । भोलि पुनरावेदन दर्ता हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

advertisement

पहिलो संविधानसभा चुनावको अघिल्लो रात २०६४ चैत २७ गते रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गएको जेठ १४ गते सफाइ दिएको थियो ।

यो फैसलाविरुद्द चौतर्फी आलोचना भइरहेको छ । फैसला सुनाउने उच्च अदालतका दुई न्यायाधीशलाई सर्वोच्चमा झिकाएर न्याय परिषदले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com