काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको बैठकमा देशको पछिल्लो राजनीतिक परिस्थिति, सरकार सञ्चालन र पार्टी विधानसम्बन्धी विषयमा सम्बोधन गरेका थिए। उनले विधान निर्माणजस्तो महत्त्वपूर्ण कार्यमा नेताहरूले रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

advertisement

पार्टीले आगामी विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन पार्टीभित्र व्यापक छलफल गरिँदैछ।

बैठकले विधान संशोधनसँगै संगठन सुदृढीकरण, आन्तरिक संरचना र नीति–निर्देशनसम्बन्धी विषयमा समेत विचार विमर्श गर्दैछ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com