काठमाडौं । अमेरिकाको वाशिङ्टन डीसीमा सम्पन्न विश्व भेटेरिनरी एशोसिएसन (WVA) को २०२५ को महासभामा नेपाल भेटेरिनरी एशोसिएसनका पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठले नेपाल र सार्क क्षेत्रको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका छन्।

महासभामा सम्बोधन गर्दै डा. श्रेष्ठले नेपालमा पशु चिकित्सकहरूको योगदानको चर्चा गर्दै पशु स्वास्थ्य तथा पशुपालन क्षेत्रमा नेपालले खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरे। साथै, उनले नेपालमा पशु चिकित्सा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

advertisement

नेपाल विश्व भेटेरिनरी एशोसिएसनको कार्यक्रम आयोजना गर्न सधैँ तयार रहेको भन्दै डा. श्रेष्ठले भविष्यमा कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलन वा गतिविधि नेपालमा गर्न सकिने प्रस्ताव पनि राखे।

डा. श्रेष्ठ हाल सार्क भेटेरिनरी एसोसिएसनका महासचिवसमेत हुन्। सम्बोधनका क्रममा उनले सार्क संगठनले चाँडै विश्व भेटेरिनरी एशोसिएसनको औपचारिक सदस्यता लिने प्रतिबद्धता पनि जनाए।

जुलाई १८ मा सम्पन्न उक्त महासभामा ९० देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालसहित जम्मा पाँच राष्ट्रका प्रतिनिधिहरूले महासभामा औपचारिक सम्बोधन गरेका थिए।

महासभाको अवसरमा डा. श्रेष्ठले श्रीलङ्का, ताइवान, जापान, कोरिया र फिलिपिन्सका भेटेरिनरी एशोसिएसनका अध्यक्षहरूसँग शिष्टाचार भेटघाट गर्दै आपसी सहकार्य र अनुभव आदान–प्रदान गरेका थिए।

विश्व भेटेरिनरी एशोसिएसनको आगामी महासभा सन् २०२५ मा जापानको टोकियोमा हुने तय भएको छ। नेपाल सन् १९९८ देखि सो एशोसिएसनको सदस्य राष्ट्र हो।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com