काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कुरीति र विभेद अन्त्यका लागि व्यापक जनचेतना अभियान सुरु गर्ने निर्णय गरेको छ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले प्रदेशका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको हो।

advertisement

हालै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएपछि यस घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उक्त निर्णय लिइएको सरकारका प्रवक्ताले जनाएका छन्।

प्रदेश सरकारले छाउगोठ उन्मूलनसहित सामाजिक विभेद, छुवाछुतजस्ता कुप्रथाको अन्त्य गर्न प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ। ‘छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीति, २०७६’ र त्यसअनुसारको कार्ययोजनालाई प्रभावकारी बनाउन प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरूलाई सक्रिय बनाउन नियमित बैठक तथा स्थलगत अनुगमनलाई प्राथमिकता दिइनेछ।

यससँगै सामाजिक विकास मन्त्रालयमार्फत विद्यालय, समुदाय र धार्मिक संस्थालाई लक्षित गर्दै वार्षिक कार्ययोजना तयार पारिनेछ। योजना अन्तर्गत छाउपडी, जातीय विभेद र सामाजिक कुरीतिविरुद्ध विविध जनचेतनामूलक कार्यक्रम र अभियान सञ्चालन गरिनेछ।

प्रदेश सरकारले यी कार्यक्रमहरूमार्फत दीर्घकालीन रूपमा सामाजिक परिवर्तन ल्याउने र हानिकारक परम्पराहरूको अन्त्य गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com