काभ्रेपलाञ्चोक। काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडकखण्डमा शनिबार दिउँसो भएको बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्।
रामेछापबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस दिउँसो करिब १ बजे अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो।
घटनामा परी २३ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। बसमा ३२ जना सवार थिए। घाइतेमध्ये केहीको अवस्था गंभीर नभए पनि मध्यम चोटपटक लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ। प्रारम्भिक रूपमा ब्रेक फेल भएर बस अनियन्त्रित भएको आशंका प्रहरीले जनाएको छ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी टोली खटिएको छ।
घाइतेहरूको नामावली र अवस्था
1. भीम बहादुर मगर (४६), रामेछाप – मुख र घुँडामा चोट (मध्यम)
2. नम्बर सिंह तामाङ (४४), रामेछाप – मुख र घाँटीमा चोट (मध्यम)
3. फुलमाया तामाङ (४६), रामेछाप – टाउकोमा चोट (मध्यम)
4. रामबहादुर चापागाईं (३०), काभ्रे – कम्मरमा भित्री चोट (मध्यम)
5. मिनबहादुर वि.क (४५), काभ्रे – आँखा र कुममा चोट (मध्यम)
6. भुवन थापा मगर (२८), रामेछाप – ओठमा चोट (सामान्य)
7. कमल सुनार (३५), गोरखा – च्यापुमा चोट (मध्यम)
8. सुवास तामाङ (२६), काभ्रे – च्यापुमा चोट (मध्यम)
9. निर्मला खत्री (४४), काभ्रे – देब्रे हातमा चोट (सामान्य)
10. सरोज रसाइली (२१), काभ्रे – देब्रे हातमा चोट (सामान्य)
11. राम गौतम (२६), काभ्रे – छाती र गालामा चोट (मध्यम)
12. सरोज विक (२१), काभ्रे – टाउको र खुट्टामा चोट (मध्यम)
13. दोर्जे लामा (७८), काभ्रे – छातीमा भित्री चोट (मध्यम)
14. प्रकाश गौतम (१७), काभ्रे – छातीमा चोट (सामान्य)
15. असलमान तामाङ (५९), रामेछाप – कोखामा दुखाइ (सामान्य)
16. सुकलाल लामा (६४), रामेछाप – छाती र घोडामा चोट (मध्यम)
17. शेरबहादुर तामाङ (४५), रामेछाप – कोखामा दुखाइ (सामान्य)
18. तारा बहादुर श्रेष्ठ (४०), रामेछाप – मुखमा चोट (सामान्य)
19. दिव्या थापा मगर (१५), रामेछाप – दाँतमा चोट (सामान्य)
20. चेत बहादुर श्रेष्ठ (५१), रामेछाप – कम्मरमा भित्री चोट (मध्यम)
21. माईली तामाङ (५८), काभ्रे – छातीमा भित्री चोट (सामान्य)
22. मैया बुढाथोकी (६४), काभ्रे – टाउको र हातमा चोट (मध्यम)
23. जनक रिजाल (४१), काभ्रे – कम्मरमा भित्री चोट (मध्यम)
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया