काठमाडौं । नेकपा एमालेका नेता तथा सासंद सुर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वउपप्रधानमन्त्री वामदेव गौतमबीचको पछिल्लो राजनीतिक निकटतामाथि सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।
शनिबार फेसबुकमा लेख्दै थापाले दुई वरिष्ठ नेताबीचको आत्मीयता र अंकमाललाई “अर्थ न बर्थको अभिनय” भन्दै व्यङ्ग्य गरेका हुन्।
“वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल ! ऊर्जाबेगरको अभिनय – २०५४ सालमा यो मतिले काम गरेको भए…? अनि, निशर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए…? लगनपछिको पोते ” थापाले लेखेका छन्।
उनको टिप्पणीमा नेताहरूबीचको ढिलो पुनर्मिलनलाई अब परिणाममुखी वा सार्थक नहुने आशय दिइएको देखिन्छ।
थापाले विगतमा अवसर गुमाएका नेताहरू अहिले पुनर्मिलनको प्रयास गरिरहेको जनाउँदै त्यसलाई “ऊर्जाविहीन अभिनय” र “लगनपछिको पोते” जस्तो ढिलो निर्णयको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्।
गौरतलब छ, पछिल्लो समय *नेकपा एकता वा सहकार्यको सन्दर्भमा वामदेव गौतम र माधवकुमार नेपालबीच भेटघाट तथा राजनीतिक संवाद बढिरहेको छ। यसै सन्दर्भमा थापाले सामाजिक सञ्जालमार्फत आलोचनात्मक प्रतिक्रिया दिएका हुन्।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया