काठमाडौं ।  काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि लिइएको प्रवेश परीक्षा शनिबार सम्पन्न भएको छ। छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित परीक्षा देशभरका ५४ परीक्षा केन्द्रहरूमा बिहान ८ देखि १० बजेसम्म सञ्चालन भएको हो।

महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट १७,२२९ आवेदन प्राप्त भएका थिए। तीमध्ये छनोटमा परेका १६,१३७ विद्यार्थीमध्ये १४,१७३ जनाले परीक्षामा सहभागिता जनाएका थिए।

advertisement

OMR प्रणालीबाट उत्तरपुस्तिका परीक्षण, नतिजा आइतबार प्रकाशन हुनेछ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित प्रश्नहरू राखिएका थिए। गणित, विज्ञान, अङ्ग्रेजी र सामान्य ज्ञान विषयमा क्रमशः ३०/३० र १० प्रश्नसहित कुल १०० बहुवैकल्पिक प्रश्न सोधिएका थिए। गलत उत्तरका लागि कुनै नकारात्मक अंक कटौती नहुने र उत्तीर्ण हुन कम्तीमा ४० प्रतिशत अंक आवश्यक पर्ने व्यवस्था गरिएको थियो।

परीक्षाको उत्तरपुस्तिका OMR (Optical Mark Recognition) प्रणालीमार्फत परीक्षण भइरहेको छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका स्क्यान गरेर स्वचालित रूपमा मूल्याङ्कन गरिँदैछ। नतिजा आइतबार बिहान महानगरको वेबसाइट [entrance.kathmandu.gov.np](http://entrance.kathmandu.gov.np) मार्फत सार्वजनिक गरिनेछ।

विद्यार्थीहरूले उक्त वेबसाइटमा SEE को सिम्बोल नम्बर, अल्फाबेट, GPA, र इमेल वा SMS बाट प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्नेछन्।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com