काठमाडौं । देशका विभिन्न भागहरूमा सम्भावित भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढिरहेको भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई तत्काल पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै प्रचण्डले नदी किनार, पहिरोको जोखिमयुक्त क्षेत्र र डुबानमा पर्ने होचो भू-भागमा बसोबास गर्ने जनतालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

advertisement

उनले लेखेका छन्, “देशका विभिन्न भागमा अविरल वर्षाका कारण बाढी तथा पहिरोको सम्भाव्यता बढेको छ। यस्ता संवेदनशील क्षेत्रमा रहेका नागरिकहरू सतर्क रहनुहोस्। स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाको पालना गर्नुहोस् र पूर्वतयारीसहित सजग रहनुहोस्।”

प्रचण्डले सरकारसँग विपद् व्यवस्थापनमा आवश्यक पूर्व तयारी र प्रभावकारी प्रतिकार्यका लागि तत्काल कदम चाल्न आग्रह गर्दै आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पनि सम्भावित विपद्को समयमा जनतालाई सघाउन, राहत तथा उद्धारमा सक्रिय रहन आह्वान गरेका छन्।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com