पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ७८ वर्षीय छविलाल विश्वकर्माको शव स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आइतबार बिहान फेला परेको हो।

छविलालकी ७५ वर्षीया श्रीमती विष्णुमती विश्वकर्मा भने अझै पनि बेपत्ता छन्। उनकाे खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिएका छन्।

advertisement

डिमुवा र कुश्माबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले पहिरो पन्छाउँदै खोजी कार्यलाई तीव्र बनाएका छन्। यद्यपि लगातारको झरीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको डीएसपी विष्टले बताए।

शनिबार रातिदेखि लगातार परेको भारी वर्षाका कारण आइतबार बिहान घरमाथिबाट खसेको पहिरोले विश्वकर्मा परिवारको घर पूर्ण रूपमा पुरेको थियो। सो समयमा घरमा रहेका दम्पती पहिरोमा पुरिए पनि उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा हामफालेर ज्यान जोगाउन सफल भएकी छन्।

प्राकृतिक विपत्तिका कारण जनधनको क्षति बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आह्वान गरेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com