काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनाले ८४ को निर्वाचनमा रेमिट्यान्स पठाउने नेपालीहरूले मताधिकार पाउनुपर्ने माग गरेकी छन्। उनले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न वर्तमान सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेकी हुन्।
सोमबार सामाजिक सञ्जालमार्फत् दर्शनाले भनिन्, “८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो।”
उनले विदेशबाट पैसा पठाउने नागरिकको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भनिन्, “नोट चल्छ भने भोट पनि चल्नु पर्छ। नो इफ, नो बट!”
दर्शनाले लामो समयदेखि प्रवासी नेपालीलाई निर्वाचनमा सहभागी गराउने विषयमा सरकारले निष्क्रियता देखाएको आरोप समेत लगाएकी छन्। उनले संविधानले सुनिश्चित गरेको मताधिकारबाट लाखौँ नेपाली वञ्चित हुनु संविधानको मर्म विपरीत भएको बताइन्।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया