काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता राम नारायण बिडारीले नेकपा (एमाले)को आन्तरिक विषयमा अन्य दलका नेताले देखाएको चासोप्रति असन्तुष्टि जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बिडारीले एमालेको संगठनभित्रको विषयमा अन्य दलका नेताले चासो देखाउनु अनुचित रहेको टिप्पणी गरेका हुन्।
‘एमालेभित्रको आन्तरिक विषयमा अरु दलका लठुवाहरूको चिन्तन, चासो र “जवज” को वकालत किन? यसको जवाफ चाहिन्छ,’ बिडारीले लेखेका छन्।
उनको भनाइ एमाले नेतृत्व र आन्तरिक बहससँग सम्बन्धित पछिल्लो राजनीतिक टिप्पणीहरूप्रति लक्षित देखिन्छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया