काठमाडौं । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले विश्वव्यापी आवाधिक समीक्षासम्बन्धी विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरेको छ।
समितिको आइतबार दिउँसो १ बजे सिंहदरबारस्थित कार्यकक्षमा बस्ने बैठकमा उक्त विषयमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ। छलफलका लागि प्रधानमन्त्री ओलीसँगै सरकारका मुख्यसचिव एकनारायण अर्याललाई पनि उपस्थित हुन समितिले अनुरोध गरेको छ।
बैठकमा आवाधिक समीक्षासम्बन्धी विषयमा सरोकारवालाहरूको धारणा लिने तयारी गरिएको समितिले जनाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया