काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरको मौसमी अवस्थालाई मध्यनजर गर्दै नागरिकहरूलाई अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना औंल्याएपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सावधानी अपनाउन अपिल गरेका हुन्।
‘अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सुरक्षाकर्मीहरूलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छु।’
विभागले जारी गरेको मौसम पूर्वानुमानमा देशका केही भागमा बाढी, पहिरो र डुबानको जोखिम रहेको जनाइएको छ। यस्तो अवस्थामा सतर्क रहन र मौसम अपडेटको पालना गर्न पनि आग्रह गरिएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया