काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेता मोहन बैद्य ‘किरण’को स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज बैद्यको निवासमा भेट गरेका छन्।
भेटका क्रममा दाहालले बैद्यको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको देखेर खुसी व्यक्त गरेका छन्। “स्वास्थ्यमा सुधार देख्दा खुशी लाग्यो,” दाहालले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, “उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।”
बैद्य लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित रहँदै आएका छन्। माओवादी आन्दोलनका अग्रज नेताका रूपमा बैद्यको भूमिका उल्लेखनीय रहेको छ। प्रचण्ड र बैद्यबीच राजनीतिक सम्बन्धभन्दा बाहिर पनि पुरानो सहकार्य र मित्रता रहँदै आएको छ।
दाहालको यो भेट शुद्ध रूपले स्वास्थ्य अवस्थाबारे चासो प्रकट गर्ने उद्देश्यले भएको जनाइएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया