काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आइतबार निर्वाचन आयोग पुगेको छ।

पार्टी पदाधिकारी हेरफेरसम्बन्धी विवरण आयोगले अझै अद्यावधिक नगरेको भन्दै आयोगको ध्यानाकर्षण गराउन रास्वपाका नेताहरू आयोगमा पुगेका हुन्।

advertisement

रास्वपाले २०८१ साउन १७ गते केन्द्रीय समितिको निर्णयअनुसार पदाधिकारी हेरफेरको सूचना निर्वाचन आयोगमा बुझाएको थियो। तर, उक्त विवरण आयोगको आधिकारिक अभिलेखमा समावेश नभएको भन्दै रास्वपाले असन्तुष्टि जनाएको छ।

महामन्त्री बुर्लाकोटीका अनुसार आयोगले पार्टीको आधिकारिक निर्णयअनुसार अद्यावधिक प्रक्रिया अघि नबढाएको हुँदा यसबारे स्पष्ट जानकारी मागिएको हो।

यसअघि रास्वपाका नेताहरू गोविन्दप्रसाद पन्त, सितलचन्द्र धरेल, कैलाशबाबु सिलवाल र रामप्रसाद शिवाकोटीले पनि आयोगमा सूचना माग गर्दै पार्टीको निर्णय कार्यान्वयनमा ढिलाइ भएको विषयमा औपचारिक रुपमा चासो व्यक्त गरेका थिए।

निर्वाचन आयोगले भने यसअघि असार २७ गते लेखिएको पत्रमार्फत डा. मुकुल ढकालविरुद्धको कारबाहीसम्बन्धी पर्याप्त प्रमाण नपुगेको जनाउँदै जेठ २९ मा सोबारे पत्राचार गरिएको र असार ८ मा मात्रै आवश्यक कागजात आयोगमा प्राप्त भएको जानकारी दिएको थियो।

रास्वपाले आन्तरिक विवादका बीच पदाधिकारीमा हेरफेर गरे पनि आयोगमा त्यसको विधिसम्मत अद्यावधिक नभएसम्म पार्टी सञ्चालनमा अन्योल देखिने भन्दै छिटो प्रक्रिया टुंग्याउन आग्रह गरेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com