काठमाडौं ।  देशभर साउन ४ गतेसम्म ७२.१४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.५ प्रतिशत कम हो। गत वर्ष सो अवधिसम्म ८४.६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो।

धान उत्पादनमा अग्रणी मानिने मधेश प्रदेशमा कुल ३ लाख ७२ हजार ६४५ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये १ लाख ७४ हजार ५०८ हेक्टरमा मात्रै रोपाइँ भएको छ। विभागले सुख्खा मौसम र सिंचाइको अभावलाई प्रमुख कारणका रूपमा औंल्याएको छ।

advertisement

लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३६९ हेक्टरमा रोपाइँ भएको छ। त्यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा, बाग्मती प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमध्ये १ लाख ५ हजार १०३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

गण्डकीमा ९४ हजार १८२ हेक्टरमध्ये ७४ हजार ६६४ हेक्टर, कर्णालीमा ४० हजार ८८४ हेक्टरमध्ये ३५ हजार ९४८ हेक्टर र लुम्बिनी तथा कर्णाली दुवै प्रदेशमा ८७.९३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।

कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउनसम्मको मौसमी ढाँचाले रोपाइँमा ढिलाइ गराएको छ। विभागले आगामी दिनमा वर्षा र सिंचाइको स्थिति अनुकूल रहेमा रोपाइँ दरमा सुधार आउने अपेक्षा राखेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com