काठमाडौं । धरहराको अवलोकन समय बढेसँगै त्यहाँ पुग्ने दर्शकको संख्या दोब्बरले वृद्धि भएको छ। धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइका अनुसार साउन १ गतेदेखि समय विस्तार भएपछि तीन दिनमै ८,६३८ जनाले धरहरा अवलोकन गरेका छन्।
यसअघि धरहरा बिहान १० देखि बेलुका ४ बजेसम्म मात्र खुला हुने गथ्र्यो। साउन १ गतेदेखि खुल्ने समय बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म पुर्याइएको हो।
इकाइ प्रमुख महेश राईका अनुसार समय विस्तारपछि दैनिक दर्शकको संख्या औसत २,८०० पुगेको छ।
साउन १ गते: २,५०० जना, साउन २ गते: २,६३१ जना साउन ३ गते: ३,५०७ जना
तीन दिनको अवधिमा धरहराबाट १५ लाख ५६ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ।
धरहरा बिहान ८ बजेदेखि बेलुका ७ बजासम्म टिकट बिक्री हुने र ८:३० देखि ८:३० सम्म अवलोकन सेवा उपलब्ध हुने इकाइले जनाएको छ।
२०७९ मंसिरदेखि २०८० असार मसान्तसम्म धरहरा अवलोकनबाट ५ करोड १२ लाख ६२ हजार ९९५ रुपैयाँ संकलन भएको छ।
इकाइका अनुसार अवलोकन समय विस्तारसँगै आन्तरिक पर्यटकको चाप उल्लेखनीय रूपमा बढेको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया