काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय, च्यासल पुगेका छन्। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारी केहीबेरअघि नै च्यासलस्थित पार्टी कार्यालय पुगेकी थिइन् र ओलीको प्रतीक्षामा थिइन्। निर्धारित भेटवार्ता दिउँसो ३ बजेका लागि तय गरिएको भए पनि प्रधानमन्त्रीको कार्यव्यस्तता कारण केही ढिलो भएको हो।

advertisement

भण्डारीले गत असार १४ गते एमालेको कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि पार्टीभित्रको धारणा र निर्णय प्रक्रियालाई लिएर विवाद रहँदै आएको छ। यस सन्दर्भमा हुने ओली–भण्डारी भेटलाई एमालेभित्रको शक्ति सन्तुलन र भावी रणनीतिसँग जोडेर हेरिएको छ।

च्यासल पार्टी कार्यालयमा अहिले नेताहरूको बाक्लो उपस्थिति रहेको छ भने कार्यकर्ताहरूको उल्लेख्य भिड देखिएको छ। राजनीतिक वृत्तमा यस भेटवार्तालाई अत्यन्तै चासोका साथ हेरिएको छ, विशेष गरी भण्डारीको पार्टी भूमिकाबारे निर्णय आउने अपेक्षासमेत गरिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com