काठमाडौं । नेकपा एमालेका पाँच जना सांसदले निजामती सेवासम्बन्धी विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई पुनः नियुक्तिमा रोक लगाउने ‘कुलिङ पिरियड’ नहुनुपर्ने भन्दै संशोधन प्रस्ताव पेस गरेका छन्।
राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईसहित इन्दिरा गौतम, रुक्मिणी कोइराला, सुमित्रा बीसी र सोनाम गेल्जेन शेर्पाले कुलिङ पिरियडको प्रावधान हटाउनुपर्ने तर्क गरेका हुन्।
उनीहरूले अवकाशपछि दुई वर्षसम्म सरकारी नियुक्ति नपाउने प्रावधान आवश्यक नरहेको उल्लेख गरेका छन्।
प्रतिनिधि सभाबाट पारित विधेयकमा यस्तो प्रावधान रहेकोमा राष्ट्रिय सभामा छलफल चलिरहेको छ।
एमाले सांसदहरू सुरुदेखि मौन देखिए पनि संशोधन दर्तापछि उनीहरूको धारणा खुलेको हो। अब दफावार छलफलमा उक्त प्रस्तावबारे निर्णय हुनेछ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया