काठमाडौं । जडीबुटीमा फुटसल खेलेपछि बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
दोलखाको बिगु गाउँपालिका–४ घर भई काँडाघारी बसोबास गर्दै आएका २३ वर्षीय खिमराज वली शनिबार खेलपछि आराम गरिरहेको बेला अचानक अचेत भएका थिए।
उनी बेहोस भएपछि सिभिल अस्पताल पुर्याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका एसपी अपिल बोहराले जानकारी दिए।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया